सानिमा बैंकको कार्यालय ललितपुरको भैंसेपाटीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको कार्यालय ललितपुरको भैंसेपाटीमा

सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरेको छ। त्यहाँ सोमबारदेखि बैंकिङ सेवा विस्तार गरेको हो। उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे।

मह जोडीले ललितपुरको बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई  दिए। त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त  गरे।

सानिमा बैंकको ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा ए.टि.एम. सञ्चालनमा छन्।

Read More
  • MBL - below news