आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कर्जा सेवा सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कर्जा सेवा सुरु

काठमाडाैं । एनएमबि बैंकले अनलाइनमार्फत जुनसुकै समयमा ऋण लिन सकिने सुविधा कार्यान्वयनमा ल्याएकाे छ । बैंकले ‘एनएमबि सापटी २.०’ नामक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको हो  ।

यसअन्तर्गत आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया डिजिटल प्रणालीबाटै गर्न सकिने बैंकले जनाएको छ  । देशमै पहिलोपटक चाैबिसै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गर्ने गरी ‘एनएमबि सापटी’ याेजना परिस्कृत गरिएकाे जनाइएकाे छ ।

बैंकका अनुसार मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितोविनाको कर्जा रहेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news