केन्द्रीकृत अनलाइन केवाईसी लागु हुँदै, अब अर्काको नाममा आईपीओ भर्न नपाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केन्द्रीकृत अनलाइन केवाईसी लागु हुँदै, अब अर्काको नाममा आईपीओ भर्न नपाइने

काठमाडौं । शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम  विकास गर्न थालेको हो । 

त्यसो त नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई–केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर (आईपीओ) को आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए ।

Read More