नबिल बैकले समेत शेयर किनबेच गर्ने उद्देश्य राखेर नयाँ कम्पनी दर्ता गरेको छ। उसले सोमबार मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। सोमबार कम्पनीले “नबिल सेक्युरुटिज “को नाममा कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ।
उसले कम्पनी दर्ताको रजिस्ट्रेसन नम्बर २६४८७० मार्फत दर्ता प्रमाणपत्र पाएको कार्यालयले जनाएको छ। नबिलले शेयर किनबेच गर्ने,स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाई छ।
नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ। केहीको दर्ता प्रक्रिया सकिएको छ भने केहीलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुमित ल्याउन कार्यालयले भनेको छ। जसको कारण उनीहरूको दर्ता प्रक्रिया अघि बढेको छैन। बोर्डको अनुमति ल्याउनेको भने दर्ता गर्दै लगिएको छ। जसमा पछिल्लो समय एनएमबि बैंक र हाथवे इनभेषेटमेन्टलाइ शेयर ब्रोकरको काम गर्न सक्नेगरी अनुमति दिइएको छ। एनएमबि बैकले असार सातमा ब्रोकर कम्पनीको काम गर्ने गरी नयाँ कम्पनी दर्ता गरेको हो। उसले “एन.एम.बि. सेक्युरुटिज”को नाममा कम्पनी दर्ता गरेको छ भने हाथवेले चालु आर्थिक वर्ष लागे लगत्तै नयाँ कम्पनी दर्ता गरेको कार्यालयले जनाएको छ। उसले गत साउन एक गते “ हाथवे स्टक डिलर”को नाममा शेयर किनबेच गर्ने उद्देश्य राखेर कम्पनी खोलेको हो।




