ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा

साउन ४, काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयरहरु विक्री गर्ने इच्छा राखी निवेदन दिएकाले संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । 

पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित बैंकको केन्द्रिय कार्यालय कमलादीमा के कति शेयर कित्ता खरीद गर्ने हो सो को ब्यहोरा खुलाई निवेदन दिनु पर्नेछ । 

सो समय अवधिमा संस्थापक शेयर खरीदका लागि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य व्याक्तिलाई विक्री गर्ने बैंकले जानकारी गराएको छ ।

Read More