सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पेबीच कारोबार सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटी एक्सप्रेस मनी ट्रान्सफर  र कोरोना पेबीच कारोबार सुरु

साइप्रसको कोराना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ।

साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटली र फ्रान्समा रहेका नेपालीहरुले कोरियन पेको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन्। 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ। 

त्यस्तै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने व्यवस्था गरिने उल्लेख छ। 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन तथा कोरियन पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोजलभले हस्ताक्षर गरेका हुन्। 

Read More