एनएमबि बैंक र समाज कल्याण परिषदबीच सहकार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंक र समाज कल्याण परिषदबीच सहकार्य

कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउ“दै एनएमबि बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ । समाज कल्याण परिषदमा आवद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराइएको छ ।

कार्यक्रममा कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषद्ले अनलाईन भुक्तानी कार्य शुरु गरेकोमा खुशी व्यक्त गर्दै एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजीटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैँसे गर्ने प्रयास रहेको कुरा प्रकाश पारेका छन् ।

Read More
  • MBL - below news