बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस) को उद्घाटन गरेका हुन् ।
अध्यक्ष सिलवालले नयाँ सफ्टवेयर मार्फत अभिकर्ताको लाइसेन्स प्रिन्ट गरेर औपचारिक रुपमा उद्घाटन गरेका छन् । नयाँ सफ्टवेयर प्रयोग आएसँगै स्थापना भएको ५ दशकपछि बिमा समिति डिजिटाइजको बाटोमा अगाडि बढेको छ ।
बिमा समितिको आन्तरिक कामलाई डिजिटाइज गर्ने योजना अनुरूप नयाँ सफ्टवेयर निर्माण गरिएको बिमा समितिको सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले बताए ।





