साउन १, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ पाउने देखिएको छ ।
कम्पनीको आव २०७६/ ७७ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव १३ रहेको र नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सोही नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो
विक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट गरेको हो । उक्त कम्पनीको आईपीओका लागि योग्य २१ लाख १२ हजार ७९९ आवेदकमध्ये गोलाप्रथाद्धारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १५ लाख २७ हजार ७९९ जना आवेदकको हात भने खाली भएको छ ।






