बीमा समिति बन्दैछ प्रविधिमैत्री, सञ्चालनमा ल्यायो नयाँ सर्भर र सफ्टवेयर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बीमा समिति बन्दैछ प्रविधिमैत्री, सञ्चालनमा ल्यायो नयाँ सर्भर र सफ्टवेयर

काठमाडौं । बीमा समितिले नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गरेका हुन् । 

बीमा क्षेत्रको नियमनकारी निकाय ‘बीमा समिति’ ले समितिका काम कारबाहीलाई अझ बढी चुस्त, दुरस्त एवम पारदर्शी बनाउँदै बीमक र सरोकारवालाहरुलाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आजदेखि नयाँ सर्भर र नयाँ सफ्टवेयर सत्तचालनमा ल्याएको हो ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज कुपण्डोल स्थित समितिको कार्यालयमा नयाँ नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन गर्दै बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अगाडि बढाउन आधुनिक प्रविधिमा आधारित पहिलो पाइलो भएको बताए । 

समितिले संचालनमा ल्याएको नयाँ प्रविधि मार्फत बीमा कम्पनीहरुले कानून बमोजिम समितिलाई उपलब्ध गराउनुपर्ने विवरण अनलाइनबाटै पठाउन सक्ने र त्यसबाट समय तथा लागत समेत बचत हुनाका साथै काम कारवाही पनि छिटो छरितो र पारदशी हुने उनले बताए । 

Read More