एनएमबि बैंकले बैंकिङ जगतमै पहिलोपटक पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा एनएमबि सापटी सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको छ।
यस अन्तर्गत ६ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ। उक्त कर्जाअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ। यो सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार नेपालमा एक करोडभन्दा बढी बचत खाता छ। उता, लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा दिएका छन्। डिजिटल कर्जामा ग्राहकको खासै पहुँच नदेखिएको अवस्थामा एनएमबिले एनएमबि सापटी योजनामार्फत जनचेतना अभिवृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकलाई डिजिटल कर्जा प्रवाह गरिरहेको जनाएको छ।







