युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार शेयर बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ६९ हजार ९ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । गोग्य रहेका २१ लाख १२ हजार ७ सय ९९ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ८० हजार ५ सय जनाले मात्र पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख २ हजार २ सय ७५ जना आवेदक हात खाली भएका छन् । ...





