यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न

असार ३१, काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि -अलोटमेण्ट बिहीवार सम्पन्न भएको छ ।

विक्री प्रबन्धकको कार्यालयमा बिहीवार प्रिअ- लोटमेण्ट गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको कम्पनीले जानकारी गराएको छ । बोर्डबाट स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारीमा रहेको विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । 

जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

Read More
  • MBL - below news