जीवन विकास लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आईपीओ सूचिकृत कहिले ? यस्तो छ क्यापिटलको जवाफ

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुन अझै केही समय लाग्ने भएकाे छ ।

उक्त साधारण सेयर (आईपीओ) सूचीकरणका लागि हालसम्म प्रक्रिया चलिरहेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले अर्थ संसार डटकमलाई जानकारी दिएकाे छ । कहिले हुन्छ भन्ने हालसम्म यकिन नभएकाे क्यापिटलले बताएकाे छ । क्यापिटलका अनुसार अर्काे सातासम्म कहिले हुने निश्चित हुनेछ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

Read More
  • MBL - below news