युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

२९ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

कम्पनीको प्रणालीमा आएको उक्त आवेदन हालसम्मकै सबैभन्दा धेरै भएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार यो आवेदन हालसम्मकै सबैभन्दा धेरै हो । आवेदकहरु मध्येबाट केही आवेदन भने रद्ध हुन सक्ने न्यौपानेले बताए ।

५८ लाख ५ हजार कित्ता सेयर प्रतिआवेदन १० कित्ताका दरले भागबण्डा गर्दा साबिकको आवेदकमध्येबाट पाँच लाख ८० हजार ५० जनालाई मात्रै सेयर पर्ने छ ।

Read More
  • MBL - below news