नबिल बैंकको सर्वाधिक ९ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको सर्वाधिक ९ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री

असार २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको पौने एक घण्टाको अवधिमा नबिल बैंकको शेयर सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

उक्त कम्पनीको सो अवधिसम्ममा रू. ९ करोड ७५ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३४७ मा अहिले कारोबार भइरहेको छ । उक्त कम्पनीले विगतमा आकर्षक लाभांश वितरण गर्दै आएकाले राम्रो लाभांशको अपेक्षामा लगानीकर्ताले लगानी गरिरहेका छन् । 
 

Read More