नेप्सेले टीएमएस अपांगमैत्री बनाउँदै, केही सहज भइसकेको दृष्टिबिहीनहरुको भनाई


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेले टीएमएस अपांगमैत्री बनाउँदै, केही सहज भइसकेको दृष्टिबिहीनहरुको भनाई

काठमाडौं : नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले नेप्सेले अहिले दृष्टिबिहीनसँग सहकार्य गरेर टीएमएसलाई दृष्टिबिहीनमौत्री बनाइएको बताएका छन् । दृष्टिबिहीनहरुले टीएमएसबाट आफूहरुले सेयर कारोबार गर्न नसकेको बताइरहेका बेला नेप्से प्रमुुखको यस्तो भनाई आएको हो । केही सुधार भएको छ, सुधारका अरु काम पनि निरन्तर हुँदै जाने उनले बताए ।

प्रमुख साउदले भने, ‘हामीले सकेसम्म टीएमएसलाई दृष्टिबिहीनमौत्री बनाएका छौं । यसमा भएको गह्रोअफ्टेरोको बारेमा दृष्टिबिहीन साथीहरुसँग छलफल गरेर सहज बनाउने प्रयास भएको छ ।’ सुधारहरु भइरहेका छन् । अझै केही काम गर्न बाँकी रहेको नेप्सेको भनाई छ । 

 

यता, पूर्णरुपमा दृष्टिबिहीन रहेका सेयर लगानीकर्ता कृष्ण आचार्यले पनि पछिल्लो समय नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) केही हदसम्म दृष्टिबिहीनमैत्री बनाइएको बताए । तर अझै पनि कारोबारमा भने समस्या नै रहेको उनको भनाई छ । त्यसो त केही दिन अघिमात्र उनले नेप्सेको टीएमएसबाट आफूहरुले सेयर कारोबार गर्न नसकेको भन्दै नेपाली पैसामा आफ्नो गुनासाहरु सहितको लेख लेखेका थिए । 

Read More