नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट

नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पीनेस’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

Read More