एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ।
इन्स्योरेन्सले साउन २१ गते, बिहीबार आफ्नो रजिष्टार्ड कार्यालय, पानीपोखरीमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे वेबीनारमार्फत सञ्चालन हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन्।



