चीनबाट नेपाल टेलिकममाथि भयानक साइबर आक्रमण, ग्राहकको कल डिटेल चोरियो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चीनबाट नेपाल टेलिकममाथि भयानक साइबर आक्रमण, ग्राहकको कल डिटेल चोरियो

काठमाडौं । चिनियाँ ह्याकरले नेपाल टेलिकममा भयानक साइबर आक्रमण गरेका छन् । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ साइबर अपराधीहरूले कल डेटा रेकर्ड (सीडीआर) चोरी गरेका हुन् ।

कस्तो प्रकारको कति डेटा चोरी भयो भन्ने विषयमा नेपाल टेलिकमले हालसम्म कुनै स्पष्ट जानकारी भने दिएको छैन । ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

जुन चिनियाँ सरकारले संरक्षण गरेका ह्याकरहरूले प्रयोग गर्ने ट्याक्टिस र ब्याकडोर वेपन हुन् । यस आधारमा यो ह्याकिङमा चिनियाँ सरकारी ह्याकरको प्रत्यक्ष संलग्नतालाई पुष्टी गर्न नसकिए पनि उनीहरूले सम्झौता (कन्ट्र्याक्ट) गरेका ह्याकर हुनसक्ने नेपाल स्थित साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजीको विश्लेषण छ ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । ‘पहिला कन्फिडेन्सियल डकुमेन्ट लगेको देखिन्थ्यो,’ भैरव टेक्नोलोजीका संस्थापक तथा सीईओ विजय लिम्बूले टेकपानासँग भने, ‘अहिले प्रयोगकर्ताको डिटेल्स लगेको देखिन्छ । तर त्यसमा के के थियो भन्ने कुरा चाहिँ यकिन छैन ।’...

Read More