एनआइबिएल एस क्यापिटलको नयाँ योजना: ५ लाखको दुर्घटना बीमा, परिवारको डिम्याट निशुल्क


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइबिएल एस क्यापिटलको नयाँ योजना: ५ लाखको दुर्घटना बीमा, परिवारको डिम्याट निशुल्क

एनआईबीएल एस क्यापिटल लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याएको क्यापिटलले जनाएको छ ।

 

क्यापिटलले यस योजना अन्तर्गत व्यवस्थित  लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने सुविधा रहेको क्यापिटलले जनाएको छ। त्यस्तै पहिलो पटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने क्यापिटलले उल्लेख गरेको छ।

Read More