काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित भोटाहिटीमा आइतबार आफ्नो १२८ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
यो संगै काठमाडौं उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष चिनिया मान बज्राचार्य र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका थिए ।








