१८ लाख ३५ हजार आवेदकले २ करोड ९४ लाख ६३ हजार कित्ताका लागि भरे यूनियन लाइफ इन्स्योरेन्सको आइपीओ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१८ लाख ३५ हजार आवेदकले २ करोड ९४ लाख ६३ हजार कित्ताका लागि भरे यूनियन लाइफ इन्स्योरेन्सको आइपीओ

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा ५ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार बेलुका ५ः२० बजेसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जना आवेदकबाट २ करोड ९४ लाख ६३ हजार ४९० कित्ताको लागि आवेदन परेको हो । जुन माग गरिएको भन्दा ५.०७ गुणा बढीको आवेदन परेको हो ।

 

यूनियनले २४ गतेबाट एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

Read More
  • MBL - below news