क्यान महासंघमा आवद्ध व्यवसायीलाई ज्योति विकास बैंकले बिनाधितो १५ लाखसम्म ऋण दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
क्यान महासंघमा आवद्ध व्यवसायीलाई ज्योति विकास बैंकले बिनाधितो १५ लाखसम्म ऋण दिने

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

शुक्रबार ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यान महासंघका उपाध्यक्ष रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सहकार्यसँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन् ।

Read More
  • MBL