२६ असार, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो ।
संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ ।
राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।




