जीवन विकास लघुवित्तको आइपीओ भग्यमानी ५ जना आवेदकले ११ कित्ता आइपीओ हात पारेका थिए। झण्डै २१ लाख लगानीकर्ताले भरेको आइपीओमा ५ जना भाग्यमानी लगानीकर्ताले मात्रै ११ कित्ता शेयर पाएपछि एक आवेदकले केक काटेरै खुशीयाली मनाएका छन्।
लघुवित्तको आइपीओमा आवेदन गर्ने एकजना लगानीकर्ताले जीवन विकास लघुवित्तको ११ कित्ता आइपीओ परेको भन्दै केक काटेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। जन्मदिनमा मात्र हैन अब आइपीओ पर्दा समेत केक काटेर खुशियाली मनाउन थालिएको छ।
मागभन्दा अत्याधिक धेरै आवेदन परेकोले लघुवित्तको शेयर पर्न भाग्यकै भर पर्नुपर्ने अवस्था थियो।
जीवन विकास लघुवित्त आधारभूत अवस्था राम्रो भएको कम्पनी हो। यसअघि महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको थियो। जीवन विकास लघुवित्तको आइपीओबाट समेत महिला लघुवित्तको जस्तै राम्रो फाइदा लिन सकिले विश्वास लगानीकर्तामा छ। जसले गर्दा उक्त लघुवित्तको शेयर पर्दा केक काटेरै खुशियाली मनाएका छन्।








