नेपाल बैंकर्स संघले मुलुकको विद्युतीय भुक्तानी सेवालाई अझ व्यापक र सहज बनाउन विद्युतीय भुक्तानी गर्दा इन्टरनेटमा लाग्ने शुल्क कम गर्न सहुलियत प्रदान गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ ।
आगामी मौद्रिक नीतिमा विद्युतीय भुक्तानी सम्बन्धि विभिन्न सुझाबहरु दिदै हाल नोट प्रिन्टिङ तथा व्यवस्थापनमा हुने खर्चको निश्चित प्रतिशत रकम विद्यूती भुक्तानीको सहुलियतमा खर्च गर्न सकिने उसको सुझाब छ ।
साथै, संघले विद्युतीय कारोबारमा सेवा प्रदायकले लिने शुल्कमा सहुलियत प्रदान गर्न सके यसले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने बताएको छ ।
सरकारी तथा अन्य भुक्तानीहरु विद्युतीय माध्यमबाट गर्दा राज्यलाई ठूलो लाभ हुने भन्दै नोट प्रिन्टिङ तथा व्यवस्थापनमा लाग्ने खर्चको निश्चित प्रतिशत रकम विद्युतीय माध्यम मार्फत् भुक्तानी गर्दा लाग्ने इन्टरनेटको शुल्क कम गर्न र विद्युतीय कारोबारमा सेवा प्रदायकले लिने शुल्कमा सहुलियत प्रदान गर्न सुझाब दिएको छ ।





