एनएलजी इन्स्योरेन्स कम्पनी विश्लेषण : किन घट्दैछ लाभांश दर ?


  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्स्योरेन्स कम्पनी विश्लेषण : किन घट्दैछ लाभांश दर ?

३ दशक लामो इतिहास भएकाे एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एक निर्जीवन बीमा कम्पनी हाे । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भएका थिए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल लाइफ’ भएकाे हाे ।

कम्पनीकाे वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तेश्राे त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क पनि ३६.२६ प्रतिशतले बढेर ८५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

Read More