काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले बिहीबार (असार २४ गते) बाट आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । यसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा साउन ७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।






