काठमाडौं । वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनल बीच सम्झौता भएको छ । सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तर जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ ।
सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरेका छन् ।
सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पु¥याउन सफल हुने विश्वास व्यक्त गरे भने प्रवन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।





