२० लाखको मृत्यु दाबी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२० लाखको मृत्यु दाबी भुक्तानी

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार मृत्यु दावी भुक्तानी गरेको छ । बीमा गरेको दुइ वर्ष पुरा नहुदै धनगढी–१३ का २४ वर्षीय योगेश अवस्थीको गत वैशाख २० गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मृतककी आमा ललिता देवी अवस्थीले आवश्यक कागजात बुझाएको एक साता भित्रै मृत्यु दावी भुक्तानी गरेको कम्पनीका धनगढी शाखाका प्रमुख प्रेमलाल रानाले जानकारी दिए । बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने समस्याबीच कम्पनीले एक हप्ता भित्रै दाबी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

Read More
  • MBL - below news