इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।

सोमबार सम्पन्न इन्फिनिटीको विशेष साधारणसभाले नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रस्तावलाई अगाडि बढाएको हो । नेपाल एग्रोलाई प्राप्ति गर्न इन्फिनिटीले यसअघि २०७७ माघ २६ गते सम्झौता गरेको थियो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा गैंडाकोट, नवपपुरमामा भएको विशेष साधारण सभा भर्चुअलमार्फत भएको हो ।

उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्नुभएको थियो ।

Read More
  • MBL - below news