एरिक युआन : जसलाई कोरोनाभाइरस र जुमले एकाएक अर्बपति बनायो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एरिक युआन : जसलाई कोरोनाभाइरस र जुमले एकाएक अर्बपति बनायो

काठमाडौं । कोभिड-१९ को महामारी सुरू हुनु अघिम्म तपाईंले पक्कै उनको नाम सुन्नु भएको थिएन । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर, कोभिडले पुरा विश्व ग्रसित हुँदा उनले जन्माएको अनलाइन प्लेटफर्म भने एकाएक चर्चित बन्यो । यो अवधिमा तपाईंले पनि उनको प्लेटफर्म प्रयोग गरेर कुराकानी गरिरहनु भएको छ होला ।

भिडियो कन्फ्रेन्सिङ कम्पनी जुमका संस्थापक ५१ वर्षीय एरिक युआनले कोभिड-१९ महामारी सुरू भएपछि आफ्नो व्यवसायमा पछि फर्केर हेर्नुपरेको छैन । जुमकै कारण जीवनमा पहिलो पटक उनी फोर्ब्सको अर्बपतिको सूचीमा सामेल हुन सफल भए । फोर्ब्स म्यागेजिनले एरिक युआनको हैसियत १७ अर्ब अमेरिकी डलर (२० खर्ब २३ करोड रूपैयाँभन्दा धेरै) रहेको अनुमान गरेको छ ।

Read More