डेटाहरु क्लाउडमा राख्ने प्रचलन बढिरहेको बेला नेपालका बैंकहरुले पनि क्लाउडको प्रयोग गर्न सक्ने कि नसक्ने विषयमा स्पष्ट नीति बनाउन डेभलपमेन्ट बैंकर्स एशोसियसनले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
आगामी मौद्रिक नीतिमा समेट्नु पर्ने विभिन्न सुझाबहरु पेश गर्दै बैंकहरुले क्लाउडको प्रयोग बारेमा स्पष्ट नीति तयार पार्न आग्रह गरेको हो ।
एशोसियसनले बैंकले ‘क्लाउडमा आफ्नो डाटाहरु राख्न सकिने भए कुन कुन डाटा राख्न मिल्ने अथवा नसकिने भए क्लाउडमा राख्न नमिल्ने डाटा’का बारेमा स्पष्ट निर्देशन जारी गर्न उपयुक्त हुने सुझाब राष्ट्र बैंकमा पेश गरेको छ ।
यदि क्लाउड सर्भिस लिन सकिने भए कस्तो अवस्थामा सकिन्छ भन्ने बारेमा पनि स्पष्ट हुन एशोसियसनले आग्रह गरेको छ । साथै, उसले विदेशीका क्लाउड सर्भिस प्रोभाइडरहरुसँग सेवा लिन सकिने कि नसकिने भन्ने सम्बन्धमा पनि निर्देशन जारी उपयुक्त हुने सुझाब पेश गरेको छ ।
यसरी स्पष्ट रुपमा निर्देशन भएमा बैंक तथा वित्तीय संस्थालाई निर्देशनको पालना गर्दै सेवा दिन र यस सम्बन्धमा भएका द्धिविधाहरु हटाउन सहज हुने बताएको छ ।
त्यसैगरी, डिजिटल करेन्सीका सम्बन्धमा पनि स्पष्ट नीति लिन एशोसियसनले सुझाब दिएको छ िविश्वका विभिन्न देशहरुले आफ्नै डिजिटल करेन्सी जारी भइरहेको अवस्थामा नेपालमा यसको कारोबार प्रतिबन्ध छ । अन्तर्राष्ट्रिय शेयर बजारहरुमा समेत यस्ता डिजिटल करेन्सीलाई लिष्टिङ गरिएको पनि पाइएको छ ।





