जीवन विकास लघुवित्तकाे आइपीओ भोलि बुधबार बाँडफाँट हुने, करिब ९१ प्रतिशतले शेयर नपाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तकाे आइपीओ भोलि बुधबार बाँडफाँट हुने, करिब ९१ प्रतिशतले शेयर नपाउने

जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँट गर्ने भएको छ ।

 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

सोमबार प्रिअलोटमेन्ट सम्बन्धी सम्पुर्ण काम सकिएपछि लघुवित्तको आईपीओ भोलि बाँडफाँट गर्ने भएको हो ।

लघुवित्तको आईपीओमा तीन अर्ब रुपैयाँ बराबरको तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ४८ हजार १५ कित्ताको १६.९२ गुणा हो ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

Read More
  • MBL - below news