काठमाण्डौ । अहिले सरदर सेयर बजारमा ७ लाखभन्दा बढी लगानीकर्ताले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउन थालेका छन्। त्यसमा सबै सहज तरिकाले टीएमएस चलाउन सक्ने सक्षम छैनन्।
हाल बजारमा फरक क्षमता (अपांगता) भएका लगानीकर्ताहरु संख्या बाक्लै छ। फरक क्षमता भएकाहरुले सधैँ आफूहरु राज्यबाट अपेक्षित सुविधा नपाएको र पैसा तिरेर पनि बैंकिङ तथा वित्तीय सुविधा नपाएको गुनासो गर्दै आएका छन्।
समय–समयमा फरक क्षमता भएकाहरुले विभिन्न कार्यक्रम गरेर आफ्ना गुनासाहरु पनि पोख्दै र राज्यलाई झक्झकाउँदै आएका छन्। सेयर बजारमा सबैको पहुँच बराबर हुनुपर्छ भन्ने माग आइरहेको समयमा अहिले टीएमएसमा क्याप्चाको आकार परिवर्तन गरी सानो बनाइँदा दृष्टिविहीन लगानीकर्ताहरु भने समस्यामा परेका छन्। उनीहरु यही कारणले अहिले टीएमएस चलाउन नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेका छन्।





