तीन दिन नबिल बैंक Nabil Bank Limited र युनाइटेड फाइनान्सको कारोबार प्रभावित हुने भएको छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई गाभेर असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने लागेको र डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको हो ।
बैंकका अनुसार असार २५ गते शुक्रबार बेलुका ४ बजेदेखि असार २७ गते बिहान ९ बजेसम्म दुवै संस्थाको सम्पूर्ण बैंकिंग सेवा तथा कारोबार बन्द रहने छ। त्यस्तै सार्वजनिक विदाको संचालन हुने काउन्टर र ३६५ बैंकिंग सेवा पनि बन्द रहने बैंकले जनाएको छ । यस अवधिमा क्रेडिट कार्ड, प्रिपेड कार्ड, पेमेन्ट गेटवे तथा पीओएस सेवा भने संचालन नै रहने बैंकले जनाएको छ ।
नबिलले युनाईटेडलाई प्राप्ति गरे पश्चात असार २७ गतेदेखि एकिकृत वित्तीय कारोबार गर्ने भएको हो । युनाइटेडलाई प्राप्तिपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।



