यस्तो छ नेपालमा मोबाइल बैंकिङको कथा
नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको हो । स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवा पहिलो पटक शुरु गरेको हो । स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको कारोबारका विषयमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो। बैंकले त्यस समयमा १० वटा नम्बर भएकै सिमबाट ग्राहकलाई कारोबारबारेमा जानकारी गराउँथ्यो ।
काठमाडौं । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्यय मोबाइल बैंकिङ हो । मोबाइल आम ग्राहकको हात हातमा हुने भएकोले पनि बैंकिङ कारोबारमा यो सहज बनेको हो । सरकारले लिएको नीति सार्थक बन्दै गएको छ । पछिल्लो समय डिजिटल नेपाल बनाउने तयारीका साथ अघि बढेको सरकारको नीति अनुरुप अहिले प्रविधिको माध्यमबाट बैकिङ कारोबार गर्ने बढ्दै गएका हुन् ।
२०७८ जेठसम्म मोबाइल बैकिङ प्रयोगकर्तामाात्रै बढेर १ करोड ३५ लाख ९१ हजार नाघेको छ । गत वर्षको जेठसम्म मोबाइल बैकिङ प्रयोगकर्ता १ करोड ६ लाख ७० हजारमात्रै थिए । ...





