जीवन विकास लघुवित्तको आईपीओ प्रि - अलोटमेण्ट सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आईपीओ प्रि - अलोटमेण्ट सम्पन्न

असार २१, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ प्रि - अलोटमेण्ट कार्य सोमवार सम्पन्न भएको छ । 

विक्री प्रबन्धक एनएमिबि क्यापिटलले सोमवार प्रि - अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ ।
धितोपत्र बोर्डको निर्देशन बमोजिम यसै साताभित्र आईपीओ बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ ।

अन्तिम बाँडफाँटका लागि सम्पूर्ण तयारी पुरा भएपनि बोर्डको निर्देशन बमोजिम बाँडफाँट गर्नुपर्ने भएकाले अहिलेनै बाँडफाँटको मिति तय नभएको क्यापिटलको भनाइ छ । 

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री  गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।

Read More
  • MBL - below news