अब नागरिक एपबाटै सवारी साधनको नवीकरण तथा कर भुक्तानी गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब नागरिक एपबाटै सवारी साधनको नवीकरण तथा कर भुक्तानी गर्न सकिने

काठमाडौं । अब नागरिक एपबाटै सवारीसाधनको नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दर्ता भएका सवारी साधनको नवीकरण अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाइएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमा सम्बन्धी कार्यहरूलाई अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।

Read More