जीवन विकास लघुवित्तको आइपीओ शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको आइपीओ शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ यसै साताभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारभित्र आइपीओ बााडफाँट गर्ने तयारी रहेको छ । यद्दपि, बाँडफाँट हुने निश्चित मिति भने निर्धारण भइसकेको छैन । सोमबार र मंगलबारभित्र प्रि–अलोटमेन्ट सम्पन्न गरी शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ । 

 

जीवन विकासको आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । यसमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ । जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कुल आवेदकमध्ये ८.८६% आवेदकले मात्र सेयर पाउनेछन् । 

Read More
  • MBL - below news