युवाहरूलाई आम्दानीकै आधारमा ऋणमा पहुँच


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युवाहरूलाई आम्दानीकै आधारमा ऋणमा पहुँच

लोकप्रिय बन्दै एफवान सफ्टको ‘फोन लोन’, बैङ्कहरू उत्साहित

विकसित देशमा थोरै आम्दानी गर्नेहरूको पनि क्रेडिटमा पहुँच हुन्छ । निश्चित उमेर पार गरेपछि आम्दानीअनुसार क्रेडिट सुविधा लिन सकिन्छ । तर नेपालमा थोरै कमाइ हुनेहरूलाई क्रेडिट सुविधा ‘आकाशको फल आँखा तरी मर’ जस्तै छ । पछिल्लो समय फाइनान्सियल टेक्नोलोजीमा काम गरिरहेको संस्था एफवान सफ्टले सानै कमाइ भए पनि क्रेडिटमा पहुँच विस्तार गर्नकै लागि भनेर ‘फोन लोन’ (मोबाइलबाटै कर्जा लिन मिल्ने) प्रविधिको विकास गरेको छ । जसमा बैङ्कहरूलाई अभ्यस्त गराउँदै ग्राहकलाई फोन लोनका लागि प्रेरित गरिरहेको छ ।

युवाहरूलाई लक्षित गरेर विकास गरिएको फोन लोन एक प्रकारको डिजिटल (मोबाइल) प्रविधि हो । यसलाई बैङ्कहरूले आफ्नो योजनामा सामेल गराएका छन् । युवाहरूलाई क्रेडिटमा पहुँच विस्तार गरी अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले एफवान सफ्टले यस्तो प्रविधिको विकास गरेको जनाएको छ ।

फोन लोन

राष्ट्र बैङ्कले डिजिटल (विद्युतीय) माध्यमबाट कारोबार गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएसँगै यतिबेला बैङ्क तथा वित्तीय संस्थाहरूले हरेक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गरिरहेका छन् । हरेक कारोबार डिजिटल माध्यमबाट भए पनि कर्जा (लोन)का लागि कागजातको चाङ बोकी बैङ्क धाउनुपर्ने र औँठा छाप नै लगाउनुपर्ने बाध्यता भने अझै हटेको छैन । अझ मुलुकमा कोरोना भाइरसको महामारी फैलिएसँगै त यी कार्यले ग्राहक तथा बैङ्कका कर्मचारीलाई झनै जोखिम बढाइदिएको छ । यस्ता असहजता न्यूनीकरणका लागि एफवान सफ्ट इन्टरनेसनलले कर्जा सुविधालाई पनि डिजिटल माध्यमबाटै गर्ने कार्यको थालनी गरेको हो । ...

Read More