एनआईबीएल सहभागीता फण्डले ल्यायो 'दुई गुणा लगानी वृद्धि योजना'


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईबीएल सहभागीता फण्डले ल्यायो 'दुई गुणा लगानी वृद्धि योजना'

एनआईबीएल एस क्यापिटल NIBL ACE Capital ले लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म वृद्धि गराउन सक्ने अवसर ल्याएको छ । एनआईबीएल सहभागीता फण्ड (खुलामुखी योजाना) सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा क्यापिटलले यो योजनामा सहभागी भइ आफ्नो लगानीलाई दुई गुणासम्म बढाउन सकिने  अफर ल्याएको जनाएको हो ।  

यस योजनामा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्ने क्यापिटलले बताएको छ । योजना यहि असार २० गते देखि असार २४ गते सम्म मात्र लागु हुने क्यापिटलले जनाएको छ । यो योजना भने व्यक्तिगत ग्राहकहरुका लागि मात्र ल्याएको हो । 

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुक लाईभ मार्फत गरिने र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने बताएको छ । योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ । 

Read More