ज्योति विकास बैंकको 'ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र' निष्काशन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको 'ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र' निष्काशन

काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु। एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७ू ऋणपत्र निष्काशन खुल्ला गरेको छ। बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो।  १.५ अर्ब रुपैयाँको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड रुपैयाँ र व्यक्तिगतरविभिन्न संघसंस्थाहरुका लागि रु। ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

Read More