एनसेलद्वारा सवा अर्ब रुपैयाँ ठगी !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनसेलद्वारा सवा अर्ब रुपैयाँ ठगी !

काठमाडौँ । स्वीकृति नै नलिई विभिन्न प्याक तथा सेवाको स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले दूरसञ्चार सेवा प्रदायक एनसेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति बैठकले सोमबार दूरसञ्चार ऐनको दफा ४७ बमोजिम किन कारबाही नगर्ने भन्दै एनसेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एनसेलले ग्राहकबाट विभिन्न प्याक तथा सेवाको कानुनविपरीत स्वतः नवीकरण गरी दुई वर्ष अवधिमा १ अर्ब १४ करोड रुपैयाँ असुल गरेको भन्दै समितिको निर्णयअनुसार बिहीबार प्राधिकरण व्यवस्थापनले एनसेललाई स्पष्टीकरण पत्र पठाएको छ । ‘बोर्डको निर्णयबमोजिम स्पष्टीकरण पत्र पठाइएको हो,’ प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘एनसेलबाट स्पष्टीकरणको जवाफ आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’ एनसेलले ग्राहकको स्वीकृतिबिनै स्वतः नवीकरण गरी सवा अर्ब रुपैयाँ ठगी गरेको आरोपमा प्राधिकरणले सोधेको यो दोस्रो स्पष्टीकरण हो ।

Read More