मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ४५ गुणा बढीको आवेदन, बिक्रि बन्द हुन अझै ३ दिन बाँकि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ४५ गुणा बढीको आवेदन, बिक्रि बन्द हुन अझै ३ दिन बाँकि

मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओमा ४५ गुणा बढीको आवेदन परेको छ  । कम्पनीको आईपिओमा आज शुक्रबार बेलुका ५ बजेसम्ममा १२ लाख ३१ हजार २ सय ११ जना आवेदकबाट १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग गरिएको भन्दा ४५.०८ गुणा बढी हो  । 

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले   ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  ।

Read More
  • MBL - below news