अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण

काठमाडौं । हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता र मेरो शेयर नवीकरण गर्ने सूचनामार्फत जानकारी दिइरहेका छन् । यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ ।

कोभिड–१९ कारण पहिलो जस्तो कार्यालयमै पुगेर डिम्याट तथा मेरो शेयर नवीकरण अवस्था छैन । हुन त सेवाप्रदायकले कार्यालयबाट पनि सेवा दिइरहेका छन् । तर, त्योभन्दा पनि दूरी कायम राख्नुपर्ने अहिलको अवस्थामा कार्यालयमा लाइन बस्न किन जाने ? जब कि प्रविधिले घरबाटै डिम्याट तथा मेरो शेयरको खाता नवीकरण गर्न सकिने सुविधा दिएको छ ।

यदि डिम्याट तथा मेरो शेयरको खाता नवीकरण नभएको खण्डमा आईपीओ भर्नदेखि लगायतका कुनै पनि कारोबार गर्न सकिँदैन । पछिल्लो समय धेरै कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् । यस्तोमा डिम्याट खाता नवीकरण नगर्नु भनेको उक्त कम्पनीहरुको आईपीओमा आवेदन गर्नबाट नै वञ्चित हुनु पनि हो ।

त्यसैले यहाँ हामी तपाईंले अनलाइबाटै डिम्याट खाता तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।  त्यसका लागि सुरुमा डिम्याट खाता तथा मेरो शेयर कहिले नवीकरण गर्नुपर्छ भन्ने विषय जनकारी हुन आवश्यक छ ।

खाता कहिले नवीकरण गर्ने ?  ...

Read More