नेपाल पुनर्बीमा कम्पनीले नै पालना गरेनन् लगानी निर्देशिका, अझै ७६ प्रतिशत वाणिज्य बैंकको मुद्धती निक्षेपमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पुनर्बीमा कम्पनीले नै पालना गरेनन् लगानी निर्देशिका, अझै ७६ प्रतिशत वाणिज्य बैंकको मुद्धती निक्षेपमा

नेपाल पुनर्बीमा कम्पनीले पनि अझै बीमा समितिले जारी गरेको लगानी निर्देशिका २०७५ पालना गरेकाे छैन । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले जस्तै नेपाल पुनर्बीमा कम्पनीले पनि अझै ठुलो रकम बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा मात्रै लगानी गर्दै आइरहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १६ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार तोकिएको ६ वटा क्षेत्रमा कम्पनीले सो बराबरको रकम लगानी गरेको हो ।

कम्पनीले १२ अर्ब ४८ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्धती निक्षेपमा मात्रै लगानी गरेको छ । यो कुल लगानी मध्ये ७६ प्रतिशत हुन आउछ । बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार क वर्गको बैंकको मुद्दती निक्षेप र नेपालको पूर्वाधार बैंकको मुद्दती निक्षेपमा गरी न्यूनतम ४० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ८ प्रतिशत अर्थात १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ ।

Read More