मनकामना स्मार्टको आइपीओमा माग भन्दा ३६.७२ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्टको आइपीओमा माग भन्दा ३६.७२ गुणा बढी आवेदन

काठमाडौं : मनकामना स्मार्ट लघुवित्तको आइपीओमा १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १०ः३० बजेसम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६.७२ गुणा बढी हो । मनकामना स्मार्टले बिहीबार (असार १७ गते) देखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । 

 

यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा असार २१ गतेसम्म आइपीओ भर्न सकिनेछ । यसआइपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Read More
  • MBL - below news