मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिन नै २१ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिन नै २१ गुणा बढी आवेदन

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै २१ गुणा भन्दा धेरै आवेदन परेका छन्।

 

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८९ हजार ८१२ जना आवेदकबाट ७९ लाख ७२ हजार ८३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ जुन कम्पनीले सर्बसाधारणमा बिक्रीमा ल्याएको आइपीओको २१  गुणा  भन्दा बढी होे।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Read More
  • MBL - below news